एस वार्षिक नाटक ‘एक सिक्का’ असार ३२ गते प्रदर्शन हुने

0
Shares

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीहरुले हरेक गर्दै आएका नाटक यो वर्ष असार ३२ गते प्रदर्शन हुने भएको छ ।

विगत १० वर्षदेखि स्नातक तहका विद्यार्थीद्धारा आयोजना हुँदै आएको ‘एस वार्षिक नाटक २०२२’ कार्यक्रम शनिबार मञ्चन गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

उक्त नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ । नाटक दिउँसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

एस वार्षिक नाटक २०२२ को नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जनाएको छ । ‘एक सिक्का’ नाटकको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन् ।

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका विषयवस्तुका बारेमा जानकारी दिएका थिए । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुति पनि रहेको थियो ।

यस्तो छ नाटक

नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइएको छ ।

बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरीका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भएको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भम्रणमा जान्छन् । विज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन् ।

पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन् र केही युवा छनौट हुन्छन् । छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन । घर घरमा पानी पुर्याउने काम पाएका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदिबाट पानी बोकेर घर घरमा पुर्याउने काम गर्न थाल्छन् ।

हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवतिसङ्ग नजरसँगै मन साट्छन् । रूपवती सङ्ग हर्कमानको टुसाएको प्रेम झाङ्गिन नपाई गाउँमा बिसादी हावाको रुपमा फैलन्छ । मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदी किनारमा फालिदिन्छन् ।

प्रेम पीडामा बद्लिएको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिन अचानक हर्कमान बाटोमा एक सिक्का भेट्छ । सिक्का पुरानो दरवारको एउटा किल्लामा लुकाएर घर फर्कन्छ त्यही एक सिक्का त्यो सिक्काको महत्व थाहा पाउँछ र सिक्का लिन राज्यले निशेध आज्ञा लगाएको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ ।

सैनिकलाई पठाएर दरबारमा बोलाउन पठाउँछ । राजाले यस्तो घाममा किन हिँडेको भन्छन् । हर्कामान सिक्का भन्न आनाकानी गर्छ, राजाले कुरो खुस्काई छाड्छ । राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लिएर जाउ भन्छ । हर्कामान त्यही सिक्काको जिद्दी गर्छ । राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छु भनी हर्कमानको जिद्दीलाई जिति छाड्छ । एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ । नाटक एक सिक्काले हर्कमानको जीवनमा बद्लिएको भाग्यको कथा हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।