सनराइज बैंकले भित्र्यायो २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL)  ले २ अर्ब ३७ करोड रुपैयाँको वैदेशिक ऋण भित्र्याएको छ ।

बैंकले सिम्बायोटिक्स एसए, जेनेभा स्विट्जरल्याण्डबाट ३ वर्षको लागि १ करोड ८६ लाख अमेरिकी डलर वैदेशिक ऋण भित्र्याएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएसँगै बैंकले देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्र्याएको हो । यो ऋणले हालको तरलता अभावको बीचमा नै रहेको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने बैंकले जनाएको छ ।

बैंकले भित्र्याएको उक्त ऋण रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।

सिम्बायोटिक्स एसएले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शीताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।