सिटिजन म्युचुअल फण्ड–२ को इकाई आजदेखि नेप्सेमा किनबेच गर्न सकिने

0
Shares

सिटिजन्स म्युचुअल फण्ड–२ को इकाई आजदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

सिटिजन्स म्युचुअल फण्डको दोस्रो सामुहिक लगानी योजना सिटिजन म्युचुअल फण्ड–२ का ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट खरीद बिक्री गर्न मिल्ने भएको हो।

सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि असार ८ गतेसम्म कूल १० करोड इकाई बिक्रीमा आएकोमा सबै इकाई बिक्री हुन नसक्दा (५ करोड ६० लाख इकाई मात्र बिक्री भएपछि) फण्डको आकार घटेको थियो । सर्वसाधारण बाट ४ करोड ७ लाख ४६ हजार ६५० इकाईका लागि मात्र आवेदन परेको थियो ।

सिटिजन्स म्युचुअल फन्डको पहिलो सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फन्ड–१ हाल दोस्रो बजारमा कारोबार भैरहेको छ।