ग्रामीण विकास लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको २ लाख ९९ हजार ९५२ कित्ता शेयरमा आवेदलन गर्ने आज अन्तिम दिन हो । लुघवित्तले राष्ट्र बैंकको स्वामित्वमा रहेकोे उक्त शेयर भदौ ३१ गतेदेखि लिलामीमा राखेको थियो।

उक्त लिलामी शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लिलामीको बोलपत्र कात्तिक ६ गते बिहान ११ बजे खोलिने केन्द्रीय बैंकले जानकारी गराएको छ ।  राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको सेयर बेच्नुपर्ने नियम अनुसार ग्रामीण विकासको सेयर लिलामी गर्न लागेको हो ।