आरएसडिसीको नाफा साढे १३ करोड, लागत बढेपनि नाफा ४८% सुधारियाे

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा १३ करोड ५२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

लघुवित्त संस्थाहरुलाई थोक कर्जा प्रवाह गर्दै आएको यस कम्पनीको कष्ट अफ फण्ड लागत दोब्बर भएपनि नाफामा साढे ४८ प्रतिशतको आकर्षक सुधार गरेको हो ।

अघिल्लो आवमा ५.७४ पतिशत रहेको लघुवित्तको कोषको लागत बढे ११.४६ पुगेको हो । यद्यपी कम्पनीको कुल व्यवस्थापनको कारण नाफामा यसको असर न्यून देखिएको छ ।

अघिल्लो आवमा ९ करोड १० लाख ७५ हजार नाफा कमाएको लघुवित्तले अपरिष्कृत वित्तीय विवरणका आधारमा ४८.४५ प्रतिशतले खुद नाफा बढाएको हो । लघुवित्तको वितरण योग्य मुनाफा १० करोड ५८ लाख ५५ हजार रुपैयाँ छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट लघुवित्तले २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी ५१.१४, कर्जा लगानी ५५.९६ र खुद ब्याज आम्दानी ४६.३६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद सञ्चालन नाफा ४९.६५ प्रतिशत बढेर १९ करोड ३१ लख ४५ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३५ रुपैयाँ बढेर १६.७९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको आधारदर १२.६१, खराब कर्जा अनुपात ०.४९ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३ गुणा छ ।

चुक्ता पूँजी १० प्रतिशतले वृद्धि गरेर ८० करोड ५१ लख ५५ हजार पुर्याएको लघुवित्तको जगेडा कोष ३७.०९ प्रतिशत बढेर २१ करोड ३ लाख जम्मा भएको छ ।

लघुवित्त गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी समेत बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।