महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको पुँजी वृद्धिको तुलनामा खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी (इपिएस) मा संकुचन आएको छ । समीक्षा अवधिमा कम्पनीको पुँजी २६ प्रतिशतले बढ्दा खुद नाफा १०.७१ प्रतिशतले बढेको हो ।
पुँजीभन्दा कम अनुपातमा नाफा बढेपछि लघुवित्तको इपिएस ५ रुपैयाँ ३१ पैसा घटेको छ । गत आवको यसै अवधिमा ४३ रुपैयाँ ७९ पैसा रहेको इपिएस ३८ रुपैयाँ ४८ पैसामा झरेको हो । लघुवित्तको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५६ पैसा, खराब कर्जा अनुपात १.५० प्रतिशत, मूल्य आम्दानी अनुपात ३०.०१ गुणा छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार महुलीले असार मसान्तसम्ममा लघुवित्तले १० करोड ८५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्ममा लघुवित्तले ९ करोड ८० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.५० प्रतिशत बढेर २८ करोड ४१ लाख ९१ हजार र सञ्चालन नाफा २५.७८ प्रतिशत बढेर १७ करोड २३ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषमा २९ करोड २२ लाख १६ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा १७.८२ प्रतिशत बढेको छ ।
लघुवित्तको निक्षेप संकलन २७.१५ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ५ लाख पुग्दा सापटी ४४.९९ प्रतिशत बढेर २ अर्ब २५ करोड ७० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तले ३८.३४ प्रतिशतले कर्जा लगानी बढाएर ४ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ परिचालन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया