बैंक वित्तीय संस्था मर्जरमा जाँदा सेयर कारोबार रोक्का नहुने


नेपाल राष्ट्र बैंकले आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जरमा जाँदा सेयर कारोबार रोक्का हुने प्रावधानलाई खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले यस अघिको व्यवस्थालाई खारेज गरेको हो ।

“बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था मिलाइनेछ,” मौद्रिक नीतिमा भनिएको छ ।

अब धितोपत्र बोर्डले गर्ने व्यवस्था अनुसार बैंक वित्तीय संस्थाको मर्जरका क्रममा सेयर कारोबार कति समय रोक्का हुने वा नहुने भन्ने निक्र्यौल हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।