राधी विद्युतका सेयरधनीको हात खाली, बिना लाभांश एजिएम आह्वान

0
Shares

राधी विद्युत कम्पनीका सेयरधनीको योे वर्ष हात खाली हुने भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट सेयरधनीलाई ३६.५० प्रतिशत बोनस वितरण गरेको कम्पनीले गत आव २०७७।७८ बाट कुनैपनि लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले साउन ३० गते आह्वान गरेको साधारण सभामा लाभांशको कुनैपनि एजेण्डा राखेको छैन । सभामा नाफा नोक्सान सम्बन्धी हिसाब, वासालत, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव मात्र राखिएका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २० गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार साउन १९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

सभा कम्पनीको कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा बिहान ११ः३० बजे जुम माध्यमबाट सुरु हुने बताइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।