नेपाल इन्स्योरेन्सको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने सेयर सोमबार सूचीकरण गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको १३ लाख ६६ हजार ५७२ दशमलव ४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको गत जेठ ३० गते सम्पन्न ७३ औं वार्षिक साधारण सभाले सो बोनस पारित गरेको थियो । उक्त बोनस बुकक्लोजको अघिल्लो काराबोर दिन अर्थात जेठ १६ गते सोमबारसम्म कायम सेयरधनी मात्र पाउनेछन् ।
सूचीकृत बोनस सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया