सयपत्री हाइड्रोको आईपिओमा १२ लाख बढीले गरे आवेदन, मंगलबार निष्काशन बन्द हुँदै


सयपत्री हाइड्रोपावरको साधारण सेयरमा आवेदन दिनेको संख्या १२ लाख नाघेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा १२ लाख १३ हजार ५५१ वटा आवेदन परेको हो ।

उल्लेखित आवेदकबाट १ करोड ३८ लाख ६८ हजार ११० कित्ता सेयर माग भएको क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता मध्ये ५ प्रतिशतसामूहिक लगानी कोष र २ प्रतिशत कर्मचारीको लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ ।

मंगलबार साँझ ५ बजे कम्पनीको सेयर निष्काशन बन्द हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।