कृषि विकास बैंकले दुई अर्ब करोडको ऋणपत्र जारी गर्ने

0
Shares

कृषि विकास बैंक लि.ले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ ।

उक्त ऋणपत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल लि. विच सम्झौता भै आवश्यक प्रक्रिया अगाडी बढी सकेको बैंकले जनाएको छ ।

“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायबाट आवश्यक स्वीकृत प्राप्त भइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।