ङादी ग्रुप पावरको १५०% हकप्रद सेयरको बिक्री खुल्यो

0
Shares

ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतले हुने १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशनका लागि असार २० गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ । असार १९ गतेसम्म कम्पनीको सेयर किनेकाहरुले मात्र हकप्रदमा आवेदन गर्न पाउँछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत भदौ ७ गतेसम्म आवेदन दिन पाउनेछन्।

७० करोड ६९ लाख ३२ हजार रुपैंया चुक्ता पुँजी रहेको कम्पनीको १५० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैंया पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार  ०७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।