शोधनान्तर ८ अर्ब ८३ करोड बचतमा, चालु खाता घाटामा सुधार

0
Shares

चालु आर्थिक वर्षको दोस्रो महिनामा शोधनान्तर बचत ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिती २५ अर्ब ४५ करोड घाटामा थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १९ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको छ ।

चालु आवको भदौसम्ममा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।