बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा अपर हेवाखोलाको १० कित्ता आईपीओ प्रतिसेयर १३०.२० रुपैयाँमा पहिलो कारोबार भएको छ ।
नेप्सेले अपर हेवाखोलाको पहलिो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको कारोबार रेञ्ज दिएको थियो । सोही रेञ्ज अनुसार न्यूनतम कारोबार रेञ्जमा नै कम्पनीको पहिलो कारोबार भएको हो ।
कम्पनीको बुधबार प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको आईपीओ ‘युएचइडब्लुए’ कारोबार संकेतमा कारोबारमा आएको हो ।
बिहीबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २.९४ अंकले बढेर २०५९.८३ बिन्दुमा पुगेको छ । यस अवधिमा १४ कम्पनीका ९२५ कित्ता सेयर ५ लाख ८७ हजार ८०९ रुपैयाँमा खरिद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया