मितेरी डेभलपमेण्ट बैंक र रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा


मितेरी डेभलपमेण्ट बैंक र रिलायन्स फाइनान्सले विद्यमान संस्थापक सेयरधनीहरुले बिक्री गर्न खोजेको संस्थापक सेयर अन्य संस्थापकलाई बिक्री गर्न लागेका हुन् ।

मितेरी डेभपमेण्ट बैंकले ८९ हजार १८५ कित्ता संस्थापक सेयर खरिद गर्न अन्य संस्थापकहरुलाई सूचना निलेकोमा बिक्री नभए पछि सर्वसाधारणले समेत आवेदन दिन सक्ने व्यवस्था गरेको हो । यता रिलायन्स फाइनान्सले भने बिक्री गर्ने सेयरको संख्या तथा अन्य विबरण खुलाएको छैन ।

मितेरीको संस्थापक सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र कमलादीस्थित प्रभु क्यापिटल तथा महेन्द्रपथ धरानस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिनु्पर्ने हुन्छ भने रिलायन्स फाइनान्सको संस्थापक सेयर खरिद गर्न चाहने अन्य संस्थापकले ३५ दिन भित्र पुतलीसडकस्थित फाइनान्सको मुख्य कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।