सुनको भाउ उकालो लाग्दै, चाँदी पनि तोलामा २५ रुपैयाँले महङ्गियाे

0
Shares

अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ उकालो लाग्न थालेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ ।

जसका कारण पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनको भाउ बढ्दो क्रममा देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि २५ रुपैयाँले उकालो लागेको छ । शुक्रबार चाँदीको भाउ स्थीर रहेता पनि सुन तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदी १ हजार २५० रुपैयाँ तोलामा कारोबार भैरहेको छ ।

शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९६ हजार ८०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँ निर्धारण गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालको स्थानीय बजारमा पनि सोही अनुसार भाउ बढेर कारोबार भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८०४ डलर तथा चाँदी प्रतिऔंस २०.९१ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।