सिद्धार्थ इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ बाट इकाईधनीलाई १३ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको मिति २०७९ साउन २५ गते अपरान्ह ३ः१५ बजे बसेको संचालक समितिको बैठकले फण्डको आकार एक अर्ब ५० करोड रुपैयाँको ९ प्रतिशतले हुन आउने १३ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै आर्थिक वर्ष २०७८।०७९ का लागि सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १३ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको कामु प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले जानकारी दिए ।
अघिल्लो आव २०७७।७८ बाट भने सिद्धार्थ इक्वीटी फण्डले इकाईधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले कर सहित ४५ कराेड रूपैयाँ प्रतिफल वितरण गरेको थियो । गत आवमा २१ प्रतिशतले लाभांश घटेको हो ।
सिद्धार्थ इक्विटी फण्ड सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालनमा रहेको छ ।
प्रतिफल वितरणका लागि फण्डले भदौ ७ गते बुकक्लोज मिति तोकेको छ । यसअनुसार भदौ ६ गते सोमबारसम्म नेप्सेमा इकाई खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया