लूप नेटवर्कसले चाँडै सेवा सुरु गर्ने, यहि वर्षभित्र आईपीओ

0
Shares

लूप नेटवर्कस् लिमिटेडले चाँडै सेवा सुचारु गर्ने पनि जनाएको छ ।

लूप नेटवकर्स लिमिटेडले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ ।

नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस् सेवा प्रदायक कम्पनी एरटेल, टाटा, र एसवाईएफवाई टेक्नोलोजिजसँग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ ।

गत साउन ४ गते नेपाल दूर सञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको कम्पनीले यसै वर्षको अन्त्यतिर सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

विगत ६ वर्ष देखी ईन्टरनेट सेवा प्रदायकको रूपमा काम गर्दै आएको लूप नेटवर्कस लिमिटेडले ब्याण्डवीथ कनेक्टिभिटीको उक्त कार्य पश्चात लूप नेटवकर्र्सले स्वदेशी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दाबी गरेको छ । तत् पश्चात लूप नेटवकर्र्स लिमिटेडको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ ।

साथै विगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि लूप नेटवकर्स लिमिटेडले सस्तो मुल्यमा प्रतिस्पर्धी, गुणस्तरीयर नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तता दिईरहेको प्रबन्ध निर्देशन सतिस पोखरेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।