एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड-१ को इकाईमूल्य समायोजन

0
Shares

एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल–१ को इकाईमूल्य सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा समायोजन भएको छ ।

दुबै फण्डको गत आर्थिक वर्षबाट प्रस्तावित प्रतिफल वितरणका लागि साउन ३१ गते मंगलबार बुकक्लोज तोकेसँगै नेप्सेले सोमबार कारोबार भउको अन्तिम मूल्यमा लाभांश समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेका अनुसार २१.०५२६३ प्रतिशत नगद लाभांश (प्रतिफल) पछि एनएमबि ५० को प्रतिइकाईमूल्य १० रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । यस्तै एनएमबि हाइब्रिड फण्ड एल–१ को पनि २१.०५२६३ प्रतिशत नगद लाभांश (प्रतिफल) पछि प्रतिइकाईमूल्य ९ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।

सोमबार एनएमबि ५० को इकाई १२ रुपैयाँ ६० पैसा र एनएमबि हाइडब्रिड फण्ड एल–१ को ११ रुपैयाँ ८९ पैसामा अन्तिम पटक कारोबार भएको थियो । सेयर बजार बन्द हुनुभन्दा अघि अन्तिम पटक कारोबार भएको मूल्यलाई आधार मानेर नेप्सेले दुबै फण्डको समान २१.०५२६३ प्रतिशत नगद लाभांशमा मुल्य समायोजन गरेको हो ।

दुबै फण्डको सोमबार समायोजन भएको इकाइमूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।