साञ्जेन जलविद्युत घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न इपानको माग

0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले निर्माणाधीन सान्जेन जलविद्युतको रसुवास्थित साइट कार्यालयमा भएको तोडफोड र आगजनीको घोर निन्दा एवं भत्र्सना गरेको छ ।

इपानले प्रभावित क्षेत्रका स्थानीयको अधिकारका नाममा भएको यस्तो गतिविधिको तत्काल निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आयोजनासँग आफ्ना केही मागहरु भए शान्तिपूर्ण तथा शिष्टतापूर्बक राख्न र आपसी बार्ता एवं छलफलबाट समाधान गर्न सकिने परिस्थितिलाई नजरअन्दाज गरेर त्यसरी बलजफ्ती गरिनु कुनै हिसाबले सह्य नहुने विज्ञप्तीमा जनाइएको छ ।

एसले भनेको छ, “यस्ता गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रवाह हुन्छ र समग्र यो क्षेत्र निरुत्साहित बन्छ । तसर्थ परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न र पुनः हुन नदिई सुरक्षाको प्रत्याभूति गराउन इप्पान सरकारसँग जोडदार माग गर्दछ । ”

रसुवा जिल्लामा निर्माणाधीन सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) जलबिद्युत कम्पनीको आयोजना हेर्ने रसुवास्थित साइट कार्यालयमा साउन २९ गते आइतबार ७०–८० जनाको समूहले तोडफोड र आगजनी गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार  १७ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।