हिम पर्वत हाईड्रोले ४२ करोडको आईपीओ जारी गर्ने

0
Shares

हिम पर्वत हाईड्रोपावर लिमिटेडले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को साँगु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को साँगु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।