राजस्व सचिव दंगालले सम्हाले कार्यभार

0
Shares

अर्थ मन्त्रालयका रावश्व सचिव रामेश्वर दंगालले कार्यभार सम्हालेका छन् । राजश्व सचिव दंगालाई अर्थसचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए ।

साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका दंगाललाई राजश्व सचिवमा नियुक्त गरेको थियो ।

मन्त्रिपरिषदको बिहीबारकै बैठकले राजश्व सचिव रहेका सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिवमा नियुक्त गरेको थियो । नवनियुक्त राजश्व सचिव दंगालले यसअघि आन्तरिक राजस्व कार्यालय, भन्सार विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

राजश्व सचिव कृष्णहरि पुष्करलाई सरकारले अर्थसचिवमा नियुक्त गरेपछि उक्त पद रिक्त थियो ।

सरकारले कामु अर्थसचिवको जिम्मेवारी दिएको तत्कालीन राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको नियुक्त गरेको थियो । त्यसैगरी सोही दिनको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको थियो ।

लोक सेवा आयोगको सिफारिसमा सह–सचिव दंगाल २०७८ माघमा वरिष्ठताका आधारमा सचिवमा बढुवा भएका थिए । त्यसलगत्तै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको थियो ।

करको दर हेरफेर गरेको प्रकरणमा अर्थमन्त्री जनार्दन शर्मा मुछिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए । अर्थमन्त्री शर्मा पुनः मन्त्रालयमा फकिएपछि सचिव मरासिनी अप्ठ्यारोमा परेका थिए । सरकारले उनलाई मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर समस्याको गाँठो फुकाएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।