सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर‚ सी-आस्वा लगायत सम्पूर्ण सेवा बन्द हुने भन्दै सूचना जारी गरेको छ ।
सीडिएससीले भदौ २ गते बिहीबार साँझ ५:३० बजेदेखि एक दिनका लागि मेरो सेयर‚ सी–आस्वा लगायत सम्पूर्ण सेवा अधिकतम एक दिनका लागि अवरुद्ध हुने जनाएको हो ।
सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने सीडिएससीले जनाएको छ ।
हाल सञ्चालन गरिरहेको मेरो सेयर, सिआस्वा, वेभ सीडीएएस र सीएनएस लगायतका सबै सेवाहरु एक दिनसम्म बन्द हुनेछ । भदौ ३ गते साँझदेखि भने सबै सेवाहरु पुनः सञ्चालन हुने सिडिएससीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया