राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशन तथा बिक्री गर्न भदौ १२ गते सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
कम्पनीले १ बराबर १.४७५२ कित्ता अनुपात (१४७.५२ प्रतिशत) मा हकप्रद सेयर बिक्री प्रयोजनार्थ भदौ १२ गते आइतबार बुकक्लोज तोकेको हो । बुकक्लोज अनुसार भदौ १० गते शुक्रबारसम्म नेप्सेमा सेयर कारोबार भई कम्पनीको सेयरधनी पुस्तिकामा कायम हुन आएका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसाको १४७.५२ प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले साउन ९ गते सोमबार धितोपत्र बोर्डबाट हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको थियो । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२० रुपैयाँ पुग्नेछ ।
कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया