नेशनल लाइफले बीमितलाई अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने

0
Shares

जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनी नेशनल लाइफ इन्स्योन्सले आव २०७७।७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

नयाँ बोनसदर अनुसार नेशनल लाइफ इन्स्योन्स कम्पनीमा बीमा गरेका बीमितले सबैभन्दा उत्कृृष्ट बोनस पाउने भएका छन् । कम्पनीले अधिकतम प्रतिवर्ष प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दिनेगरी नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनी बीमा गरेका सबै बीमितिले न्यूनतम ६३ रुपैयाँभन्दा कम बोनस पाउने छैनन् । कम्पनीले न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्मको बोनसदर दिने भएको छ ।

सावधिक जीवन बीमालेख

नेशनल लाइफ इन्स्योन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षसम्म, दशदेखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि समान प्रति हजार ६४ रुपैयाँ प्रति वर्ष बोनस घोषणा गरेको छ ।

यस्तै २१ देखि २५ वर्ष अवधिका प्रति हजार ७० रुपैयाँ प्रति वर्ष र २६ देखि २९ वर्ष अवधिमा बीमा पोलिसी धारकहरुले प्रति हजार ८५ रुपैयाँ प्रति वर्षका दरले बोनस पाउनेछन् ।

सावधिक तथा आजिवन बीमालेख

कम्पनीमा सावधिक तथा आजिवन बीमालेख खरिद गरेका ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि कम्पनीले समान प्रति हजार ६४ रुपैयाँ प्रति वर्षका दरले बोनस पाउनेछन् ।

त्यस्तै, २१ देखि २५ वर्ष अवधिको बीमा पोलिसीमा ७० रुपैयाँ र २६ वर्षभन्दा माथिका सबै बीमा पोलिसी धारहरुले प्रति हजार ८५ रुपैयाँ प्रति वर्षका दरले पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन

त्यस्तै नेशनल लाइफमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख खरिद गरेका ९ वर्ष र १० देखि १५ वर्ष अवधिको बीमा पोलिसीहरुमा कम्पनीले समान प्रति हजार ६३ रुपैयाँ प्रतिवर्ष बोनस दिने जनाएको छ ।

यस्तै १५ देखि १९ वर्ष र २० देखि २५ वर्ष अवधिको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख खरिद गरेका बीमितहरुले प्रति हजार ६४ रुपैयाँ प्रतिवर्षका दरले बीमा पोलिसीहरुमा बोनस पाउनेछन् ।

अन्य जीवन बीमा कम्पनीहरुको बोनसदर घटिरहेको अवस्थामा कम्पनीको नयाँ बोनसदरमा कुनै कमी नआउँदा यस कम्पनीप्रति बीमितहरु आकर्षित हुने देखिएको छ । कम्पनीले न्यूनतम प्रति हजार ६३ देखि ८५ रुपैयाँसम्म बोनस आफ्ना बीमा पोलिसीहरुमा दिएकाले यसबाट बीमा अभिकर्ताहरु समेत उत्साहित भएका हुन् ।

कम्पनीको आव २०७७/७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।उक्त बोनसदर बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन स्वीकृत नभएसम्मका लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरुमा अन्तरिमा बोनसदरको रुपमा कायम हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।