मुक्तिनाथ क्यापिटलको हकप्रद सेयर भर्ने अवधि थप

0
Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडले साउन १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रद सेयर भर्ने अवधि थप भएको छ ।

यसअघि भदौ ५ गतेसम्मको मिति तय भएकोमा शेयरधनीहरूको अनुरोधमा भदौ १९ गतेसम्मका लागि मिति थप गरिएको हो । जसमा अब भदौ १९ गतेसम्म सम्बन्धित सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

क्यापिटलको २०७८ साल कात्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भए बमोजिम साविक शेयरधनीहरूका लागि १ बराबर १ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हाल क्यापिटलको चुक्ता पुँँजी २० करोड २५ लाख रहेको छ । हकप्रदपछि क्यापिटलको चुक्ता पुँजी ४० करोड ५० लाख पुग्नेछ । मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढेपछि क्यापिटलले आफ्नो पुँजी वृद्धि गरी प्रतिस्पर्धामा उत्रन लागेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।