प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।
१ भाद्र २०७९ का दिन प्रभु क्यापिटल तथा ट्रान्क्यूलिटी स्पा बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्यूलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सो मा रजिष्ट्रर भई आफ्नो डिम्याट खाता लिङ्क/कनेक्ट गर्नुपर्छ ।
हितग्राहीले चेक आउट, बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्रान्क्यूलिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ ।
असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् ।
यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया