धौलागिरी लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भदौ ८ गते बुधबार बिहान १० बजे बाँडफाँड हुने भएको छ ।
लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा ५ जनाले ११ कित्ताकादरले र ३० हजार ९२४ जनाले १० कित्ता पाउनेछन् ।
निर्देशिका बमोजिम न्ययूनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । उच्च आवेदनका कारण लघुवित्तको आईपीओ एक सय जनामा २ जनाले मात्र पाउनेछन् भने ९८ जनाको हात खाली हुनेछ ।
धौलागिरी लघुवित्तको आईपिओ १०० मा ९८ जनाले नपाउने
लघुवित्तले गत साउन २४–२९ गते सम्म आइपिओ बिक्री गरेको थियो । कुल ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएर बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
अन्तिम दिनसम्म आईपीओमा १९ लाख ५२ हजार ४६० वटा संख्याबाट २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारणबाट मागिएको आवेदनको ७०.२३ गुणा हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया