धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड, हजार बढी आवेदन रद्द हुँदा ३१ हजारले पाए सेयर


धौलागिरी लघुवित्तको साधारण सेयर बाँडफाँड भएको छ ।

कमलपोखरीस्थित लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बुधबार बिहान सेयर बाँडफाँड गरिएको हो ।

लघुवित्तको १० कित्ता सेयर ३० हजार ९२९ जनालाई बितरण गरिएको छ । उल्लेखित मध्येबाट ५ जनालाई एक एक कित्ताको दरले थप सेयर बाँडफँड गरिएको हो ।

साउन २४ देखि २९ गतेसम्म निष्काशन भएको लघुवित्तको साधारण सेयरमा १८ लाख ६५ हजार ९२६ वटा आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो । जसमा १ हजार २८६ वटा आवेदन रद्ध भएका थिए ।

लघुवित्तले ३ लाख ३१ हजार कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बाँकी भएको ३ लाख ९ हजार २९५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।