३ घण्टामा ९८ करोडको मात्र सेयर किनबेच


पछिल्ला केही दिनदेखि सुस्त बनेको सेयर बजारमा बुधबार ३ घण्टामा ९८ करोडको सेयर कारोबार भएको छ ।

११ बजे खुलेको बजारमा २ बजेसम्ममा ९८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२१५ कम्पनीका २४ लाख ४४ हजार कित्ता सेयर २३ हजार २७५ पटक किनबेच हुँदा बजार परिसुचक नेप्से ४.७१ अंकले बढेको छ ।

बजार खुलेपछि केही सुधार देखिए पनि उतारचढावसँगै उकालो लागेर २०५९.६९ अंकमा पुगेको छ ।

कारोबारमा आएका धेरै कम्पनीहरुको सेयर मूल्यमा सामान्य सुधार देखिएको बजारमा जलविद्युत कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

यस दौरान अरुण काबेली पावरको अधिक कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।