पुनर्बीमा कम्पनीले बोनस प्रस्ताव पारित गर्न बोलायो साधारण सभा


नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले भदौ ३० गते साधारण सभा बोलाएको हो । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बोलाइएको साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बितरण गर्ने बोनस तथा नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।

कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले साधारण सभाका अरु एजेण्डा, बुक क्लोज मिति तथा अन्य जानकारीहरु सार्वजनिक गरेको छैन ।

हाल ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको ५ प्रतिशत बोनस बितरण पश्चात चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।