लगानीकर्ताहरुले नेपालमा शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्न माग गरेका छन् ।
अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने भन्दै लगानीकर्ताहरु राकेस छुका, दिर्घराज उपाध्याय र दिपेस केसी सहितका लगानीकर्ताहरुले बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीलाई शुक्रबारको सेयर कारोबार बन्द गराउन ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ताहरुले आइतबार पनि कार्यालयहरु सञ्चलानमा आइसकेको र सोही बमोजिम सेयर बजार पनि आइबार सञ्चालनमा आइसकेकाले नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार सञ्चालन गरिरहेकाले बन्द गर्न माग गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘अब उप्रान्त पूर्व यथावत अवस्थामै हप्तामा ५ दिन मात्र सेयर कारोबार सञ्चालनको लागि हामी आम लगानीकर्ताहरुले अब शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द हुनु पर्छ भनी हस्ताक्षर संकलन गरी पेश गरेका छौं ।’
नेपाल सरकारको निर्णय बमोजिम आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिइने निर्णय भएसँगै सोही निर्णय अनुसार सेयर बजारमा पनि आइतबार विदा भएको थियो । गत जेठमा आइतबार विदा दिएपछि सेयर कारोबार ४ दिनमा घट्न पुग्यो । त्यसपछि शुक्रबार पनि सेयर बजार खुला हुन थालेको हो ।
सरकारले आइतबारको विदा फिर्ता लिएर हटाइ सकेपनि अहिले पनि शुक्रबार २ घण्टा सेयर कारोबार हुँदै आएको छ । आइतबारदेखि बिहीबारसम्म भने बिहान ११ बजेदेखि ४ घण्टा अर्थात ३ बजेसम्म सेयर कारोबार हुने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया