एनआईबिएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित एनआईबिएल प्रगति फण्डले ३ करोड १५ लाख रुपैयाँ प्रतिफल (नगद लाभांश) वितरण गर्ने भएको छ ।
फण्ड व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ ९ गते सम्पन्न बैठकले इकाईधनीलाई आव २०७८/७९ बाट करसहित ४.२० प्रतिशतले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको मेखबहादुर थापाले जानकारी दिए ।
अघिल्लो आव २०७७/७८ बाट एनआईबिएल प्रगति फण्डका इकाईधनीले ५० प्रतिशत प्रतिफल वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा फण्डले वितरण गरेको ४५ प्रतिशत कम हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया