एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।