भक्तपुर क्षेत्रका मोबाइल बिक्रेतासँग नबिल बैंकको अन्तर्क्रिया

0
Shares

नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने हिसाबले च्यानेल फाइनान्सिङ, क्युआर मर्चेन्ट र फोनलोनबारे छलफल गरेको हो।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु¥याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए।

उनका अनुसार नबिल च्यानेल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ।

नबिल फोनलोनलेअब क्युआर व्यापारीलाई कारोबारमा आधारित विना धितो डिजिटल माध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ। त्यसैगरी उनले क्युआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्युआर र क्रेडिट कार्डमार्फत उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए।

कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो। प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरीक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको सञ्चालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।