चाडपर्वलाई लक्षित गरी गोडरेजले ल्यायो ‘क्यास सरप्राइज’ अफर

0
Shares

चर्चित ब्रान्ड गोडरेजले दसैँतिहारलाई लक्षित गरी गोडरेजको ‘क्यास सरप्राइज’ नामक योजना लन्च गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिनेछ। ग्राहकले यो योजनाको लाभ भदौ ९ गतेदेखि सीमित अवधिका लागि नेपालभरि उठाउन सकिने कम्पनीले बताएको छ।

ग्राहकले हरेक गोडरेजको सामानको खरिदमा २६% सम्मका अधिकतम छुट र आकर्षक उपहार पाउन सकिनेछ। फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटका साथै ६ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुट दिने भएको छ ।

साथै ३ केजी सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा २ केजीसर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिने कुरा कम्पनीले जनाएको छ।

त्यस्तै, रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिनेछ। यसका साथै एसीमा आकर्षक छुट र४ हजार बराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिने कम्पनीले बताएको छ । कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा समेत दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।