प्रि-ओपनिङ्ग घट्यो सेयर कारोबारको उत्साह

0
Shares

नियमित कारोबार समयमा नै सेयर बजारमा उत्साह घटेपछि बिहानी सत्र अर्थात प्रि ओपनिङ्ग सेसनमा कारोबारको उत्साह घटेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार २ लाख ३६ हजार ९५६ रुपैयाँ बराबरको १ हजार ४५६ कित्ता सेयर मात्र कारोबार भएको छ । कुनै समय प्रि ओपनिङ्गमा नै करोड बढीको सेयर कारोबार हुने गरेकोमा दशौं गुणा बढीले कारोबार घटेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ०.३१ अंकले घटेको छ । घटेसँगै नेप्से २०२२.३२ बिन्दुमा झरेको छ ।  कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ५ मध्ये २ कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको भाउ घट्दा १ को स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।