राधी जलविद्युतको सेयरमा आकर्षण

0
Shares

चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएपछि राधी विद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।

नेप्सेले शुक्रबार कारोबार भएको अन्तिम मूल्य ५४९ मा हकप्रद समायोजन गरी २८१.४० रुपैयाँ मूल्य तोकेको थियो । भारी मात्रामा हकप्रद जारी गर्न लागेको कम्पनीको उच्च अनुपातको हकप्रदले सेयरमूल्य उच्च घटेपछि सस्तोमा सेयर खरिद गर्नेहरु बढेका हुन् ।

सवा एक घण्टामा नै राधी विद्युत कम्पनीको ३ करोड ३८ लाख ६४ हजार मूल्यको १ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । समायोजित सेयरमूल्यबाट आइतबार कारोबार खुला भई १० प्रतिशत (२८.१४ रुपैयाँ) बढेर सर्किट लागेपछि आपूर्ति बढ्दा पुनः कम्पनीको भाउ घटेको छ ।

सर्किट लागेर ३०९.५० रुपैयाँ पुगेको कम्पनीभो सेयर हाल घटेर ७.३२ प्रतिशत बढेर ३०२ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । नेप्सेको मार्केट डेप्थमा कम्पनीको ३३ हजार ८६३ कित्ता सेयर बिक्रीका लागि आदेश रहेको छ भने खरिद तर्फ २३ हजार ८६० छ । खरिदभन्दा बिक्री संख्या उच्च हुँदा कम्पनीको सेयरमूल्य घट्न थालेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।