‘प्रकाश’ लाई हल सञ्चालकले गरेको विभेदप्रति कर्णालीवासी आक्रोशित, ओस्कार मनोनयमा राख्न ध्यानाकर्षण

0
Shares

जुम्ली संस्कृति, पर्यावरण, रहनसहन र जुम्ली भाषामा आधारित रही निर्माण गरिएको चलचित्र “प्रकाश”लाई हल सञ्चालकहरुले गरेको विभेदप्रति कर्णालीवासीहरु आक्रोशित भएका छन् ।

सहरिया क्षेत्रमा निर्माण गरिएको चलचित्रलाई हलहरुले धेरै समय उपलब्ध गराएको तर नेपालको दुर्गम भूभाग जुम्लामा निर्माण भएको चलचित्रलाई समान प्राथमिकता नदिएको उनीहरुले गुनासो गरेका हुन् ।

प्रकाश फिल्मले जुम्लाको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक बहुलता, भौगोलिक विकटतालाई उजागर गरेको तर हल सञ्चालकहरुले पर्याप्त समय नदिँदा, जुम्लाको सबल पक्ष, त्यहाँको सांस्कृतिक विविधता साथै दुर्बल पक्षको उपेक्षा गरेको कर्णालीवासीको आरोप छ ।

यसैगरी आञ्चलिकतालाई महत्व दिएर निर्माण गरिएको चलचित्र प्रकाशलाई भाषाका कारण प्रदर्शनीका निम्ति समय नदिँदा समेत चुप लाग्ने चलचित्र विकास बोर्डको ध्यानाकर्षण उनीहरुले गराउन चाहेका छन् । साथै ओस्कार अवार्डका निम्ति मनोनयमा राख्न समेत ध्यानाकर्षण गराएका छन ।

बोर्ड आगामी दिनमा पनि चुप बसेमा कर्णालीले आफ्नो अस्तित्वका लागि, भाषा र सभ्यताका खातिर बोर्डका संचालक विरुद्ध कडा भन्दा कडा संघर्ष गर्ने घोषणा गरेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।