मेगा क्यापिटलको नारी पोर्टफोलियो सेवामा छुट

0
Shares

मेगा क्यापिटल लिमिटेडले हरितालिका तिजको उपलक्ष्यमा नारी पोर्टफोलियो सेवामा छुट दिने भएको छ ।

क्यापिटलले तिजको अवसर पारेर नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्न लागेको हो । यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको छ ।

सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरुमध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसाबले आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।

आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।

इच्छिुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८ वा क्यापिटलको ०१–५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च छ । उक्त सेवा २०७९ भदौ १२ गतेदेखि असोज १२ गतेसम्म लागू हुनेछ ।

यस सेवामा वार्षिक नवीकरण शुल्क (एएमसी) पूर्ण रुपमा निःशुल्क हुनेछ । सो सेवा आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसको सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७९, आइतबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।