सेयर बजारमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । बजारप्रति क्रेज घट्दै जाँदा दैनिक कारोबार रकम समेत घट्दै गएर सवा एक अर्ब हाराहारीमा खुम्चिन पुगेको छ ।
सोमबार नेप्से ३.७६ अंकले बढेर १९९३.०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिेटिभ इन्डेक्स १.७६ अंकले बढेर ३८७.४६ अंकमा पुगेको छ ।
कारोबारमा आएका १३ मध्ये ८ वटा सकारात्मक भएको छ भने ४ वटा घटेको छ । म्युचुअल फण्ड, बैंकिङ्ग, लघुवित्त र लगानी बाहके बाँकी सबै आठ वटा बढेका हुन् । होटल तथा पर्यटनमुलक र फाइनान्सको सूचक १ प्रतिशत बढीले बढेको छ ।
आज २२२ कम्पनीका ३४ लाख ४० हजार ९०० कित्ता सेयर २६ हजार ४६ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार २ अर्ब ५ करोड ९७ लाख बढीको सेयर कारोबार भएकोमा ७९ करोडले कारोबार रकम घटेको हो ।
सोमबार नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २५ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको १ लाख २५ हजार १४० कित्ता सेयर खरिद बिक्री भएका हुन् ।
यस्तै अरुण काबेली पावरको ५ करोड, हिमालयन डिष्टिलरीको ४.०२ करोड, शिवम् सिमेन्टस् ३.५८ करोड, रिडी हाइड्रोपावरको ३.५४ करोड, हिमाल दोलखा हाइड्रोपावर ३.३९ करोड, नेष्डो समृद्ध ३.११ करोड, अपि पावर २.८९ करोड, अरुण भ्याली २.८९ र नबिल बैंकको २.८१ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

आजको बजारमा वीन लघुवित्तको ७.४८ प्रतिशत बढेर १०४९ रुपैयाँ पुगेको छ । रिलायन्स फाइनान्स ६.६४, मैलुङ्ग खोला जलविद्युत ५.८४, सिभिल लघुवित्त ४.९६, समता लघुवित्त ४.६३, र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.१८ प्रतिशत ले मूल्य बढेको हो । एनआईसी एशिया ग्रोथ फण्ड, युनाइटेड मोदी हाइड्रोपावर, समृद्धि फाइनान्स र मल्टिपपर्स फाइनान्स शीर्ष सेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएका छन् ।
यस्तै रुरु जलविद्युत कम्पनीको सेयरमूल्य आज ५.७० प्रतिशत घटेर ८८६ रुपैयाँमा झरेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१, एनआईबिएल प्रगति फण्ड र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमूल्य ३ प्रतिशत बढीले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया