सुनको मूल्य निरन्तर सस्तिँदै, प्रतितोला ९३ हजार १०० निर्धारण

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पर्न थालेको छ ।

स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । तीज सकिए लगत्तै सुनको मूल्यमा गिरावट आएको हो। पछिल्लो २ दिनमा मात्रै १ हजार ६०० रुपैयाँले भाउ घटेको छ ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार तोलाको ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै आज आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन बुधबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन चाँदी प्रतितोला ३० रुपैयाँ घटेर १ हजार १०० रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन बुधबार १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७०३ डलर तथा चाँदी प्रतिऔंस १७.७२ डलर हाराहारीमा कारोबार भैरहेका छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।