सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ अधिकतम १९ हजार ३३० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
भदौ १५ गते बुधबार गरिएको बाँडफाँडमा २० हजारदेखि ५० हजार कित्तासम्म आवेदन गर्ने ७ जना आवेदकले १९ हजार ३३० कित्ताका दरले सेयर पाएका हुन् । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ती आवेदकलाई समान १९ हजार ३३० कित्ताका दरले १ लाख ३५ हजार ३१० कित्ता सेयर बाँडफाँड गरिएको हो । यस्तै कम्पनीको आईपीओमा १४ हजार कित्तासम्म माग गरेका ९५८ जना स्थानीय बासिन्दाले माग गरे अनुसारकै संख्यामा सेयर पाएका हुन् । उनीहरूलाई ७ लाख १४ हजार ६९० कित्ता बाँडफाँड गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार रितपुर्वक आवेदन दिने स्थानीय बासिन्दाका लागि बाँडफाँड सम्बन्धी प्रचलित कानुन (धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४) बमोजिम बाँडफाँड गरिएको जनाएको छ ।
कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार ७९३ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नम्बर १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
क्यापिटलले आंशिक रुपमा बाँडफाँडमा परेको वा बाँडफाँडमा नपरेको सेयर बापतको रकम कम्पनीले भदौ २० गते सोमबारदेखि आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने जनाएको छ ।
कम्पनीको सेयर खरिदका लागि कुल १ हजार १५७ जना आवेदबाट ९ लाख ३६ हजार १०० कित्ताको माग परेको थियो । जसमध्ये १९२ वटा आवेदनबाट परेको १४ हजार ४१० कित्ताको आवेदन रद्द भएको छ । रितपुर्वक आवेदन दिएका ९६५ जनाबाट परेको ९ लाख २१ हजार ६९० कित्ताको माग आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।
कम्पनीले कास्कीको मादी गाँउपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरीरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया