पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

0
Shares

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा ५८२ व्यवसायीले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढी मत क्षेत्रीले पाएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरेका थिए ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा (एमाले) का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा रहेका छन् ।

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।