श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा तीन दिनमा १३ लाख बढी आवेदकबाट ३९ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रबार दिउँसो साढे १ बजेसम्म १३ लाख ४ हजार २०५ वटा आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख ३७ हजार रुपैयाँ मूल्यको १ करोड ४४ लाख ८० हजार ३७० कित्ताको माग परेको हो ।
उल्लेखित संख्या सर्वसाधारणबाट माग भएको सेयर संख्याको ३९.२९ गुणा बढी हो । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई सुरक्षित गरी सर्वसाधारण लगानीकर्ताबाट ३ लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि आह्वान गरेको थियो ।
भदाै १५ गते बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा लगानीकर्ताले भदौ १९ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था भएपनि गोलाप्रथाबाट सेयर वितरण गर्नुपर्ने अवस्थाका कारण १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ ।
इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया