नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आइतबार सेयरमूल्य समायोजन गरिएको छ । कम्पनीको सेयरमूल्य ६६१.९० रुपैयाँमा समायोजन भएको हो । यसअघिको शुक्रबार कम्पनीको प्रतिकित्ता ६९५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

शुक्रबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर कम्पनीले प्रस्ताव गरेको चुक्ता पुँजीको ५ प्रतिशत बोनसमा सेयरमूल्य समायोजन गरिएको हो । आर्थिक वर्ष २०७७।७८ बाट प्रस्तावित लाभांशको आज भदौ १९ गते आइतबार बुक क्लोज गरिएको छ । यसअनुसार शुक्रबारसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

लाभांश सहितका अन्य प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३० गते काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ बाट लागि प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।