ट्राफिक प्रहरीको चेकिङमा ३ हजार ८०० जना सवारी चालक कारवाहीमा

0
Shares

काठमाण्डाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले  भदौ २० गते साेमबार ३ हजार ८०० जनालाई कारवाही गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशापथ तथा मातहातका कार्यालयहरुबाट काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरेका ३ हजार ८०० को संख्यामा उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा परेकामध्ये मदिरा पिएर सवारी साधन चलाउने (मापसे) १५६ जना, लेन अनुसाशन पालाना नगर्ने १३५ जना, रातो बत्तिमा सवारी चलाउने ९५ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २४१ जना, नबुझिने नम्बर प्लेट राखि सवारी चलाउने ३२ जना र आरक्षण सिटको कार्यान्वयन नगर्ने लगायत अन्य शीर्षकमा ३ हजार १४१ गरी कुल ३ हजार ८०० जना कारवाहीमा परेका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।