नेपाल इन्स्योरेन्सको २१ लाख कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीको उक्त सेयर भदौ ८ गतेदेखि न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकेर लिलाम बढाबढमा बिक्री खुला गरिएको थियो ।

इच्छुक लगानीकर्ताले उक्त संस्थापक सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, काठमाडौंमा नक्सालबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, हनुमानदास रोड विराटनगर, जनकपुरधाम धनुषा, आदर्शनगर वीरगञ्ज, हेटौडा मकवानपुर, नारायणगढ चितवन, न्युरोड पोखरा, मिलनचोक बुटवल, बाग्लुङ्ग बजार बाग्लुङ्ग, त्रिभुवन चोक नेपालगञ्ज, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट पनि लिलामी भर्न सकिन्छ ।

लिलामी सेयरमा इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्था जो कोहीले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । 

न्यूनतम मूल्यलाई आधार मानेर सो भन्दा बढी प्रतिस्पर्धी मूल्य कबोल गरी लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइएमई समूहले नेपाल इन्स्योरेन्समा भएको संस्थापक सेयर लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो । सो समुहको सेयर यसअघि उक्त सेयर बिक्री गर्न भन्दै कम्पनीले असार २४ गते ३५ दिन लागि सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा माग अनुसार आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरेको कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।