सुनको भाउ बुधबार तोलामा १ हजार रुपैयाँले घट्दा चाँदीको भाउमा पनि १५ रुपैयाँले गिरावट आएको छ ।
लगातार तीन दिन बढेको सुनको भाउ बुधबार एकैदिन घटेको हो । यसअघि सुनको भाउ मंगलबार प्रतितोला ३०० रुपैयाँ, सोमबार १०० रुपैयाँ र आइतबार ६०० रुपैयाँ गरी एक हजार रुपैयाँ बढेको थियो ।
चाँदीको भाउ पनि लगातार चार दिनमा २५ रुपैयाँले बढेदा बुधबार १५ रुपैयाँले घटेको हो । चाँदी मंगलबार १० रुपैयाँ, सोमबार, आइतबार र शुक्रबार हरेक दिन ५ रुपैयाँका दरले वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ ९३ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ बुधबार प्रतितोला १ हजार ११५ रुपैयाँ तोकिएकोे छ ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुन ९३ हजार ५०० र चाँदी १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६९५ डलर तथा चाँदी प्रतिऔंस १७.९७ डलर हाराहारीमा कारोबार भैरहेका छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया