सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्जर प्रस्ताव पारित गर्न असोज ७ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेका छन् ।
सीवाईसी नेपालले पोखरा महानगरपालिका स्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे र आँधीखोला लघुवित्तले स्याङ्जाको वालिङ स्थित होटेल गाउँवेसीमा बिहान ११ बजे एसजीएम आह्वान गरेका हुन् ।
दुबै कम्पनीको विशेष एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने प्रयोजनको लागि सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डिडिए) तथा मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनको आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
स्याङ्गजाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्तको चुक्ता पुँजी ११ करोड ९० लाख रुपैयाँ रहेको छ भने बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको सीवाईसी नेपाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने प्रस्ताव पेश हुने छ।
सिवाईसी र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन प्रतिवेदन गाभ्ने–गाभिने (मर्जर) सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन तथा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ ।
त्यस्तै सम्पत्ति, दायित्व र कारोवारको मूल्याङ्कन गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, भविष्यमा अन्य कुनै वित्तीय संस्थालाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुने छ ।
त्यस्तै प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन तथा मर्जर सम्बन्धी कार्य उपर थप प्रष्ट गर्नु परेमा वा नियमनकारी निकायबाट कुनै विषयमा निर्देशन वा सुझाव दिएमा सो बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।
दुई कम्पनीबीच २०७९ असार २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । मर्जर प्रयोजनको लागि दुबै कम्पनीको कारोबार रोक्का रहेको छ । धौलागिरी लघुवित्तसँग मर्ज हुने सम्झौता गरेर सफल नभएपछि अढाई वर्षपछि जेठ २७ गते आँधीखोला लघुवित्तको सेयर कारोबार खुला भएको थियो । मर्जर सम्झौतापछि असार २२ पश्चात पुनः सेयर कारोबार बन्द भएको हो । सर्वसाधारणमा भर्खरै सेयर जारी गरे बढ्दो क्रममा रहेको सिवाइसीको सेयर करोबार पनि कारोबार खुलेको १८ कारोबार दिनपछि नै बन्द भएको छ । जेठ ३० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको उक्त कम्पनीको सेयर पनि असार २२ गतेपछि कारोबार रोक्का रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया